
एजेन्सी
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमण पछि लन्डन अस्पताल भर्ना भएका छन । आईतबार साँझ जोनसनलाई कोरोनाको लक्षणहरु देखिएको र तापक्रम समेत रहेकाले अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जानकारी दिएको छ ।
जोनसन संक्रमण भएको १० दिन पछि मात्रै अस्पताल भर्ना भएको र उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको छ । सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने भएको छ ।
उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ । उनलाई चिकित्सकहरुले भने प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको बताएको छ । डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको, ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ ।’ ‘कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो ।’
प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले थपिन्सले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्