×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतका प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा, कस्तो छ स्वास्थ्य अवस्था ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बेलायतका प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा, कस्तो छ स्वास्थ्य अवस्था ?

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस 
काठमाडौँ – कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना हुनु भएको थियो ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उहाँ निकै उत्साहित रहेको बताउनु भएको थियो ।
बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताउनु भएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पनु भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी