![](https://arthasarokar.com/wp-content/uploads/2020/04/94368657_3146136468770589_8769763300725489664_n.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले अध्यादेशमार्फत दल बदल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि राजनीतिमा ठूलो तरङ ल्याएका बेला समाजवादी पार्टी फुटाउने खेल अन्तत रोकिएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल विभाजनको डरले एकतको घोषणाको निर्णयमा पुगेपछि नयाँ तरङ्ग उब्जिएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/04/94258699_709631183112412_7603927933266165760_n.jpg)
याँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।