बागलुङ । बागलुङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरे । यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।