काठमाडौं । पोखराको टेष्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि एक जनाको स्वाब टेकु पठाइएको छ ।भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमणको रिपोर्ट पठाईएपछि उनको स्वाब पुन: परिक्षणका लागि टेकु पठाईएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।