- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाल गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ परेका थिए । अदालतको आदेशपछि उनलाई रिहाइ गर्न प्रक्रिया सुरु गरिएको छ ।