×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेल-पे र सस्तो डिलबीच सम्झौता, सेल-पेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क पाईने

LAXMI SUNRISE BANK

सेल-पे र सस्तो डिलबीच सम्झौता, सेल-पेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क पाईने

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । सेलकम प्रा. लि. को सेल-पे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क नि:शुल्क पाउनेछन् । 
लक डाउनको समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तो डिलले अत्यावश्यक सामग्रीहरु ग्राहकको घरमै पुर्याउनका लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने सेल्पेबाट जारी विज्ञप्तिमा जनाइएको छ । 
साथै भुक्तानी गर्दा नगद कारोवारबाट कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेल-पेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । 
साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क नि:शुल्क उपलब्ध गराउने छ । जसका लागि सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेल-पे एप मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी