Skip to content
LAXMI SUNRISE BANK

कोरोना कोषमा सेञ्चुरी कमर्सियल बैंकको ८५ लाख सहयोग, कुन प्रदेशलाई कति दियो ?

अर्थ सरोकार

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सरकारको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा ८५ लाख आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५-५ लाखका दरले ३५ लाख सहयोग गर्ने भएको छ । बाँकी ५० लाख रकम सरकारको रोग नियन्त्रण कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।
लकडाउनको अवधिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गबाट कारोबार गर्न प्रोत्साहित गरिरहेको छ भने एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी, क्लियरीङ सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK