
चन्द्रागिरि – चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९)को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा रु एक करोड ५० लाख खर्च गरेको छ । नगरप्रमुख प्रमुख घनश्याम गिरिले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण ९पिपीइ० खरिदमा रु ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि रु एक करोड १५ लाख खर्च भएको जानकारी दिनुभयो । नगरपालिकाले चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रु ७५ लाख रकम विनियोजन गरेको थियो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न लागेको जानकारी दिनुभयो । “आ–आफ्नो ढङ्गबाट राहत वितरण गर्दा कतिपय गरीब मजदूरहरु राहत पाउनबाट छुटेपछि नगरपालिकाले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न लागेको हो,”–उहाँले भन्नुभयो । नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई दश केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन रहेको छ ।
राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफुले गर्दै आएको काम, घरधनीको नाम र घरधनीको सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।
सो भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि विशेष गरी दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका विपन्न परिवारलाई समस्या भएको जनाइएको छ । नगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घ संस्थालाई नगरपालिकाको नेपाल बैँक लिमिटेड थानकोट शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं १४३००१०६२९३६६५०००००१ मा जम्मा गर्नसमेत अनुरोध गरेको छ । उक्त खातामा हाल रु १४ लाख रहेको समेत नगरपालिकाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्