
ईरानका मेजर जनरल कासिम सुलेमानीको हत्या पछि दुई देशकोबीचमा तनावको स्थिति सिर्जना हुँदै आएको छ । यसै वर्षको जनवरी महिनामा अमेरिकाले ड्रोन हमलाबाट कासिम सुलेमानीको हत्या गरेको थियो ।
यसै कारणले गर्दा ईरान अमेरिकासँग अत्याधिक आक्रामक बनिरहेको छ । ईरानले केहि महिनादेखि अमेरिकासँग भएको तनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएकोमा आपत्ति जनाउँदै आएको छ ।

जनरल हुस्यान सलामीले एक सरकारी च्यानलमा दिएको अन्तर्वार्तामा अमेरिकाले आक्रमण गरे कुनै पनि स्थितिमा ईरान त्यसको जवाफ फर्काउन तयार रहेको बताएका छन् ।
सलामीका अनुसार उनले समुन्द्रमा आफ्ना नौसेनाको समुहलाई अमेरिकी नौसेनाले कुनैपनि ईरानी वाणिज्यिक जहाज, युद्धपोत र नौसेनाको समुहलाई दुख दिन थाले अमेरिकी नौसेनालाई निशाना बनाउन आदेश दिएको बताएका छन् । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि, दुबै देशमा संकटको यो घडीमा पनि मतभेद देखिइरहेको छ । -एजेन्सी