Skip to content
LAXMI SUNRISE BANK

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु, को हुन् उनी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना  भाइरसका कारण बेलायत एक जनाको मृत्यु भएको छ । पर्वत स्थायी घर भएका र बेलायतको लण्डनमा बस्दै आएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । 
उनलाई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएक थिए । श्वासप्रश्वासमा समस्या भएपछि गुरुङलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK