×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी !

LAXMI SUNRISE BANK

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी !

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । तीन जना कोभिड–१९ का संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो । 
वीरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया स्थित मस्जिदहरुमा रहेका २६ जना भारतीय नागरिकको नारायणी अस्पतालबाट थ्रोट स्वाब संकलन गरी हेटौंडा स्थित प्रदेशस्तरीय प्रयोगशालाको ल्याबमा बिहिबार परीक्षणका लागि पठाइएको थियो । जसमध्ये ३ जनामा कोभिड – १९ पोजेटिभ देखिएपछि पुनः जाँचका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 
त्यहाँबाट समेत पोजेटिभ देखिएपछि उनीहरु बसेको वीरगञ्ज– २ छपकैयामा रहेका मस्जिद तथा उक्त क्षेत्रमा रहेको उक्त समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रित गरी उक्त वडा र यसको वरिपरी रहेको वडाका भागहरुलाई शिलबन्दी गर्ने निर्णय गरिएको हो । 
कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकोले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी