
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ । ग्राहकले उक्त सुविधा दुई दिनको लागि हुने र सोमबार राति १२ बजेदेखि लागु भएको छ ।
उनले भने, ‘सरकारको निर्णय अनुसार टेकलिमका झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउनेछन् जसको ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न पाएका छैनन्।’ यसका साथै टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ।
१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने:
२५ वटा अन-नेट एसएमएस ५० मिनेट अन-नेट भ्वाइस १०० एमबी डाटा प्याकेजको अवधि ७ दिनको हुने
२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ।
३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने।
४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने।
५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने।
६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्