×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना नियन्त्रणपछिको चीन : फाट्टफुट्ट खुल्न थाले पर्यटकिय स्थल, अवस्था सामान्य बन्दै !

LAXMI SUNRISE BANK

कोरोना नियन्त्रणपछिको चीन : फाट्टफुट्ट खुल्न थाले पर्यटकिय स्थल, अवस्था सामान्य बन्दै !

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – दुई महिना लामो लकडाउनपछि चीनमा अब पहिलेकै अवस्थामा फर्कँदै छ । जनजीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन सुरु भएपछि रोकथाम र नियन्त्रणका लागि दुई महिनाभन्दा धेरै लकडाउन गरिएको थियो । 
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको ‘चिनियाँ पर्खाल’ सहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ । बेइजिङ टुरिज्म ब्यूरोका अनुसार यी सबै ठाउँमा ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइनेछ । 
योसँगै शङ्घाइमा आधिरातसम्म चल्ने बजार पनि खुल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाको ज्यान गएको छ भने ८२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । चीनबाट फैलिन थालेको भाइरसको सङ्क्रमणले अहिले युरोप र अमेरिकामा प्रकोपको रुप लिइरहेको छ । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी