×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुन: स्वास्थ्य सामग्री लिन निगमका २ जहाज आज चीन उड्ने !

LAXMI SUNRISE BANK

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुन: स्वास्थ्य सामग्री लिन निगमका २ जहाज आज चीन उड्ने !

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  स्वास्थ्य सामग्री लिनका लागि नेपाल वायुसेवा निगमका २ जहाज आज चीनको ग्वान्झाउतर्फ जाने भएका छन् ।  सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचाको लागि आवश्यक सामग्री लिन निगमका जहाज पठाउन लागेको हो ।
निगमका जहाज बिहीबार साँझ चीनको ग्वान्झाउतर्फ जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले जानकारी दिए । एउटा जहाज साँझ ५ः४५ बजे उड्ने छ भने अर्को ६ः०५ मा उड्नेछ। क्षेत्रीका अनुसार ए ३३२ जहाजले उडान भर्दैछन्।
यसअघि पनि निगमका दुई जहाजले चीनबाटै स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनपछि निगमका पाँच जहाजले चार्टर्ड उडान भरिसकेका छन् । अष्ट्रेलिया, जापान र दिल्लीमा प्यासेन्जर चार्टर्ड उडान भएका थिए। चीनको ग्वान्झाउमा यसअघि दुई र बिहीबार दुई गरी चार चार्टर्ड उडान पूरा हुँदैछ। चीन उडान भर्ने सबै जहाज स्वास्थ्य सामग्री लिनको लागि गएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी