×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सुरु भएको चीनको वुहान शहरमा ११ सातापछि लकडाउन हटाइयो, सार्वजनिक यातायात चल्न थाले !

LAXMI SUNRISE BANK

कोरोना सुरु भएको चीनको वुहान शहरमा ११ सातापछि लकडाउन हटाइयो, सार्वजनिक यातायात चल्न थाले !

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चीनको वुहान शहरमा ११ सातापछि बुधबारदेखि लकडाउन खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।
चीनको हुबे प्रान्तमा पर्ने उहान सहरमा लगाइएको लकडाउन हटाइएसँगै जनवरी २३ तारिखदेखि कतै हिँडडुल गर्न नपाएका नागरिक अन्य स्थानमा आवतजावन गर्न पाएका छन् । तर त्यसका लागि स्मार्टफोनमा रहेको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएको हुनुपर्छ।
अहिले उहानमा यातायातका सबै साधन सञ्चालन भएको  बताइएको छ । सोमबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि उहानको लकडाउन हटाइएको हो । १ करोड १० लाख मानिस बसोबास गर्ने उहानमा सबैजसो व्यापार/व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो। उक्त शहरमा एक करोड १० लाख मानिसको बसोबास छ ।
चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ । तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी