×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा प्रशासनको थप कडाई, अव बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

चितवनमा प्रशासनको थप कडाई, अव बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ । साथै, शुक्रबारदेखि वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समिति चितवनको बैठकले औषधि पसल, खानेपानीका जार बेच्ने पसल (थोक पसल मात्र), ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपक्षीका दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने तथा दूग्धजन्य पदार्थ विक्री गर्ने डेरीहरु मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए । 
सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रवाहक स्वास्थ्यकर्मीका सवारी साधन मात्र चल्न पाउने उनले बताए । एम्बुलेन्समा बिरामीको साथमा बढीमा दुई जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी