
- अर्थ सरोकार सम्बाददाता
चितवन – कोरोना संक्रमितको संख्या बढेसँगै चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै लकडाउनलाई थप कडाइ गरिने जनाएको हो । प्रशासनले चितवनबासीहरुलाई अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ । साथै वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समिति चितवनको बैठकले औषधि पसल, खानेपानीका जार बेच्ने पसल (थोक पसल मात्र), ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपक्षीका दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने तथा दूग्धजन्य पदार्थ विक्री गर्ने डेरीहरु मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।
साथै सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रवाहक स्वास्थ्यकर्मीका सवारी साधन मात्र चल्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए । एम्बुलेन्समा बिरामीको साथमा बढीमा दुई जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ भने स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् । नेपालमा हाल कोरोना संक्रमितको संख्या १६ पुगेको छ । संक्रमितको संख्या बढ्नसक्ने भन्दै विभिन्न ठाउँमा यस भाइरसबाट बच्न लकडाउनलाई कडाई गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्