
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वृद्ध उमेरका व्यक्तिलाई हुने स्वास्थ्यको जटिलतामा डाक्टरहरुले आफुले सकेको प्रयास गर्ने बताएका छन् । यता उनले भने आफुलाई बचाउन सकिने अवस्था भए मात्र काठमाडौँ लैजान भनेको एक स्थानीयले जानकारी दिएका छन् । उनलाई काठमाडौँ ल्याउने तयारी भएको छ ।