
काठमाडौँ । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए । यसअघि पनि बाग्लुङमै कोरोना संक्रमित भेटिएकी थिइन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । ती बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा संक्रमण देखिएको थियो ।
उक्त जहाजमा को को थिए भन्ने विषयमा सरकारले अनुसन्धान गरिसकेको छ भने गर्नुपर्ने थप सजगता अपनाईसकेको छ । सरकारले यस्तो बेला नआत्तिन सबैलाई आग्रहसमेत गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्