
- अर्थ सरोकार सम्बाददाता
काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए भने उनलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ ।
त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ७ गते दुबईबाट फर्किएका थिए । स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परिक्षण गर्ने छ । जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण सकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिवडा. नरेन्द्रकुमार झाले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु जन्मघर फर्किएका छन् । फर्किएकामध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट फर्किएका थिए । दैनीक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका थिए ।
पनौती नगरपालिकाका १२ वटामा १ सय १ जनाफागुन १ देखि चैत्र १० सम्मको अवधीमा घर फर्किएका छन् । पनौतीपछि मण्डनदेउपुर नगरपालिकामा ३८ जना, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोक गाउँपालिकामा २२ जना फर्किएका छन् ।
तेमाल गाउँपालिकामा १८, नमोबुद्ध नगरपालिकाम १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लु गाउँपालिकामा ३ जनामात्रै विभिन्न देशबाट फर्किएको तथ्याङ्क छ । भुम्लुमा मेलम्ची तथा अन्य जिल्लाका नागरिकहरु पनि बैदेशिक रोजगारबा टफर्किएको तथ्याङ्क छ । यतिबेला संघियताको पूर्ण अभ्यास भईरहेको छ । स्थानीयतहको सक्रियताले उत्साह भरेको छ । सरकारलाई सहयोग गर्ने र नागरिक सुरक्षित हुनु अहिलेको आवश्यकता हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्