
काठमाडौं । कोरोना भाइरसको सुरुवात चीनको चीनको वुहान शहरबाट भएको बताइएपनि चीन एक वैज्ञानिकले भने कोरना भाइरसको उदगमस्थान चीनको वुहान नभएको दाबी गरेका छन् । स्वास्थ्य सल्लाहकार तथा वैज्ञानिक डाक्टर झान्ग नैनशानले कोरोना भाइरसको उद्गमस्थल वुहान शहर नभएको बताएका हुन् ।
८३ वर्षीय उनी कोरोना भाइरसको संक्रमणको परिक्षण गरिरहेका राष्ट्रिय स्तर टिमका लिडर समेत हुन् । उनलाई चीनमा ईज्जतका साथ हेर्ने र मान्ने गरिन्छ । नैनशानले एक प्रेस कन्फ्रेन्स गर्दै संसारभरका मिडियाहरुलाई वुहान शहर कोरोना भाइरसको जन्मस्थान नभएको बताएका छन् ।
उनले भने, वुहान एउटा प्रान्तको राजधानी हो र यहाँ १/१० करोड मानिसहरु बस्दछन्, यस्तो पनि हुन सक्छ कि, महामारी भाइरस कुनै अर्को ठाउँबाट आएको र त्यहाँ तीव्र गतिले फैलिएको पनि हुनसक्छ । उनले भने ‘चीनको वुहानबाट कोरोना फैलिन शुरु भयो यो सत्य हो तर, भाइरस वुहान शहरबाटै उत्पत्ति भएको हो भन्ने बारे अहिलेसम्म केहि पत्ता लागेको छैन ।’
केहि समय अगाडि बेइजिंगबाट चीनका सरकारी प्रवक्ता झाओ लिजियानले अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस फैलाएको आरोप लगाएका थिए । जनवरीबाट तीव्र गतिमा फैलिएको कोरोना भाइरस चीनमा भने २७ फेब्रुअरीबाट बिस्तारै कम हुँदै गएको थियो । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार ३ सय २२ जनाको ज्यान गएको छ । भाइरसबाट अहिलेसम्म चीनमा ८१ हजार ६ सय २० जनामा संक्रमण देखा परेको छ भने ७६ हजार ५ सय ५१ जना निको भएर घर फर्कीसकेका छन् । -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्