×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको नमुना संकलन गरिदै

LAXMI SUNRISE BANK

वीरगञ्जका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको नमुना संकलन गरिदै

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका(३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार(हिजो) कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो ।
पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । वडा नं ३ छपकैयाका संक्रमितको परिवारका सदस्य ७ जना, वडाका जनप्रतिनिधिसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘कोभिड–१९ संक्रमणको पुष्टि भए लगत्तै परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । ट्राभल हिष्ट्रीका आधारमा प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘ अबेर साँझसम्म स्वास्थ्यकर्मी साथीहरुले खटेर थ्रोट स्वाबको नमुना संकलन गरेका छन् ।’ कन्ट्याक्ट ट्रेसिङको कामलाई सोमबार पनि निरन्तरता दिइरहेको उनले बताए ।
वीरगञ्ज–१६ का संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भइसकेको उनले बताए । 
पर्सामा हाल सर्लाहीका एक सहित तीन जना संक्रमित वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा छन् । १ सय १९ जना महिलासहित ३ सय २१ जना होम क्वारेन्टाइनमा, १० महिलासहित १ सय १४ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा ४ जना महिलासहित १ सय २१ जना अलपत्र भारतीय नागरिकलाई राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी