
- अर्थ सरोकार सम्बाददाता
चितवन । र्यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक व्यक्तिको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । गएको चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड-१९ प्रयोगशालामा ल्याइएको थियो । प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो । यस्तै राप्ती नगरपालिकामा गएको चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्