Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख २६ हजारको मृत्यु

अर्थ सरोकार

काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण १ लाख २६ हजारले ज्यान गुमाएक छन् । साथै, ४ लाख ८४ हजार निको भएर घर फर्केका छन् । 
अमेरिकामा सबैभन्दा बढी संक्रमित र मृतक छन्। अहिलेसम्म अमेरिकामा ६ लाख १४ हजार २४६ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ।
२० हजारभन्दा बढी मृत्यु हुने दोस्रो देश इटाली हो। त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक लाख ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
एक लाखभन्दा बढी संक्रमित हुने पाँच देश अमेरिका, इटाली, स्पेन, जर्मनी र फ्रान्स हुन्। एक लाख ३२ हजारभन्दा बढी संक्रमित फेला परेको जर्मनीमा करीब तीन हजार ५०० ले ज्यान गुमाएका छन्।
यता बेलायतमा पनि मृत्युदर बढी छ। त्यहाँ करीब ९४ हजार संक्रमित भेटिएकोमा १२ हजार १०० भन्दा बढीको मृत्यु भइसकेको छ। १० हजारभन्दा बढीले ज्यान गुमाएका पाँच देशमा अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK