- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ । तीव्र रुपमा फैलिदै गएको कोरोनाका कारण भारतमा १३ हजार ३८७ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।
कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ। त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ। १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ। तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ ।