×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोन अपडेट: भारतमा आठ सय बढीको मृत्यु, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोन अपडेट: भारतमा आठ सय बढीको मृत्यु, कति पुगे संक्रमित ?

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतमा कोरोना भाइरसको कारणबाट आठ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।
भारतमा अहिलेसम्म बढी प्रभावित राज्य महाराष्ट्र रहेको छ । अहिलेसम्म त्यस क्षेत्रमा कोरोनाका कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा यो भाइरसको संक्रमण देखिँदा २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी