
- अर्थ सरोकार सम्बाददाता
पोखरा – पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले पाँच लाख सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई संस्थाका अध्यक्ष विष्णु बरालसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
महानगर प्रमुख जिसीले महानगरको अभियानमा सघाउन खानेपानी तथा सरसफाइ संस्थाले गरेको सहयोग सराहनीय रहेको बताए । संकटको अवस्थामा महानगरका सङ्घसंस्था एवं व्यक्तिहरुले पनि राहत सहयोग गरेर योगदान पु¥याइरहेको उनले बताए ।
संस्थाका अध्यक्ष बरालले महानगरको प्रयासमा सहभागिता जनाएर संस्थागत रूपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म चार करोड दुई लाख ८७ हजार ८९९ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्