×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारको प्रश्न, ‘लकडाउनको समय थपिन लागेको हो ?’ मन्त्रीको उत्तर, ‘२५ गते भेटेर भनौंला…’ (भिडियो)

LAXMI SUNRISE BANK

पत्रकारको प्रश्न, ‘लकडाउनको समय थपिन लागेको हो ?’ मन्त्रीको उत्तर, ‘२५ गते भेटेर भनौंला…’ (भिडियो)

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बाहिर हिड्न नदिने तर भित्र बसेर उद्योगमा काम गर्न दिने भएको छ । कोरोनासम्बन्धि उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । समितिले गाउँ-गाउँमा खेतको काम गर्न पनि नरोक्ने भएको छ । निर्णय सुनाउने कामपछि पत्रकारले ‘लकडाउनको समय थपिन लागेको हो ?’ भन्ने प्रश्न गरेपछि अर्थमन्त्री खतिवडाले प्रतिप्रश्न गरे, ‘आज २५ गते हो र ? २५ गते नै भेटेर भनौंला ।’
तर लकडाउनको अवधि भने पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिका अधिकारीले पुन : एक साता लकडाउन थपिए कोरोनाको प्रकोप निमिट्यान्न हुने सल्लाह गरिरहेको र सोहि अनुसार बैठकमा निर्णय गरी मन्त्री परिषद्मा पठाउन लागिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
‘अस्ति पनि १४ दिनसम्म समय थप्न छलफल भएको थियो । ७ दिन थपेर हेरौं भन्ने छलफल भएको थियो । अहिले नयाँ संक्रमित देखिएका छैनन् । तर अझै पनि जोखिम छ । एक हप्ता पुन थपेर अगाडी बढ्नुपर्छ भन्ने छलफल जारी छ । अर्को एक हप्ताको लागि अवधि थपिने सम्भावना उच्च छ । अव प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरा हो ।’ ती मन्त्रीले भने । जसरी हुन्छ नेपालमा कोरोना रोकथाम गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘केहि समय लकडाउनको अवधि थपेर केहि बिग्रिंदिन । जनताको स्वास्थ्यभन्दा ठुलो कुरा केहि हुन सक्दैन ।’ उनले भने । 
अहिले कोरोना संक्रमणक संख्या ५ पुगेको छ । जसमा १ जनालाइ भने निको भइसकेको छ । यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई अझै प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी