Skip to content
LAXMI SUNRISE BANK

BREAKING : थप ३ जनामा कोरोना पोजेटिभ

अर्थ सरोकार

काठमाडौँ – बुधबार थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरुलाई क्वारेनटाईनबाट अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष रहेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK