Skip to content
LAXMI SUNRISE BANK

१६ दिनपछि कोरोनालाई हराउँदै अस्पतालबाट डिस्चार्ज भए राज बिक, भन्छन्, ‘म जित्छु भन्ने आत्मविश्वास थियो…’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
धनगढी । कैलालीको लम्कीका २१ वर्षीय राज बिक कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । ती युवा १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनलाई आइतबार साँझ साढे ४ बजे डिस्चार्ज गरिएको हो । भारतबाट आएका जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो ।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन् । उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK