
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा – स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण बुधवार सम्पन्न भएको छ । स्याङ्जाका ११ वटै नगरपालिकामा पुगेर पाँच सय ३४ जनाको कोरोनाको नमुना सङ्कलन गरिएको छ ।उक्त संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएको परीक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासँगै स्याङ्जामा पहिलो चरणको कोरोना भाइरसको नमुना परीक्षणको काम सकिएको र बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने भएको छ ।
पहिलो चरणमा स्वतस्फूर्त रुपमा नमुना परीक्षणमा नआउनेलाई दोस्रो चरणमा घरघरमा पुगेर खोजी गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभयो । स्याङ्जामा यसअघि ६ सय २४ जना विदेशबाट आएको विवरण सार्वजनिक भएको थियो । उनीहरु सबैको दोस्रो चरणमा खोजी गरिने प्रशासनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्