×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो, एकैदिन ४ जना थपिए (अपडेट)

LAXMI SUNRISE BANK

नेपालमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो, एकैदिन ४ जना थपिए (अपडेट)

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौंमा कोरोना संक्रमण फेरी देखियो, थप परीक्षणका लागि टेकुमा पठाईयो !काठमाडौं । नेपालमा एकैदिन ४ जना कोरोना संक्रमित फेला परेका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले बताए । 
उनीहरु चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । निर्देशक पाण्डेउनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । 
आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ । अहिलेसम्म पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ   सङ्क्रमितको नजिक रहेकाहरुको कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी