काठमाडौ – विश्वभरी कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । अहिले विश्वभरी कोरोना संक्रमितको संख्या १२ लाख ३१ ह्जार ६ सय ५२ पुगेको छ । हालसम्म कोरोनाका कारण ६७ हजार ३७ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६३ हजार ७ सय १४ जना नागरिक उपचारपछि घर फर्किएका छन् ।
पछिल्लो समय ३ लाख ११ हजारभन्दा बढी नागरिक कोरोना भाइरसबाट संक्रमित छन् । भयाहक स्थितिमा रहेको अमेरिकामा हालसम्म ८ हजार ८ सय २ जना नागरिकको मृत्यु भइसकेको छ ।
युरोपेली मुलुकमा कुल कोरोना संक्रमितको ४० प्रतिशतभन्दा बढी नागरिक रहेका छन् सबैभन्दा बढी स्पेनमा १ लाख ३० हजार ७ सय ५९ जना नागरिक संक्रमित छन् भने १२ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ३८ हजारभन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् । सबैभन्दा बढी मृत्युदर रहेको इटालीमा १ लाख २४ हजार ८ सय ८४ जना कोरोना संक्रमित रहेका छन् भने १५ हजार ३ सय ९५ जना नागरिकले ज्यान गुमाएका छन् ।
जर्मनी ९७ हजारभन्दा बढी नागरिक कोरोना संक्रमित छन् भने १ हजार ४ सय ७८ जना नागरिकको ज्यान गइसकेको छ । फ्रान्समा ८९ हजार ९ सय ५३ जना कोरोना संक्रमित छन् भने ७ हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।
कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या घटेको छ । हालसम्म ८३ हजार ४ सय २३ जना नागरिकमा कोरोना संक्रमित छन् भने ७७ हजारभन्दा बढी उपचारपछि घर फर्किए । हालसम्म ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।
त्यस्तै इरान, बेलायत, टर्की, स्वीट्रल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, क्यानडा, स्वीडेन, नर्वे, अष्ट्रेलिया, ब्राजिल, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्