
काठमाडौँ । कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो । तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।
अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।यसैबीच एकै परिवारका ३ जनालाई कोरोना भेटिएको आशंकापछि सनसिटी अपार्टमेन्ट सिलबन्दी गरिएको छ भने, उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ।
यता ३ जना अस्पताल भर्ना भएपछि सनसिटीका झन्डै ४०० परिवार त्रासमा बस्न बाध्य छन् । जसमध्ये एक दर्जन बढी बैंकरहरु उक्त अपार्टमेन्टमा बस्थ्ये । उनीहरु अत्यावश्यक सेवा भन्दै बैंकसमेत जान्थे । उनीहरु सबैलाई अव परिक्षण गर्न जरुरी छ ।
र यहि अपार्टमेन्टसँग जोडिएका ३ बैंकका एटिएमहरुमा जानेहरुले सतर्क रहन र परिक्षण गराउन सुझाव दिएका छन् । ‘आज कोरोना र्यापिड टेस्ट पोजिटिभ देखिएको सनसिटी अपार्टमेन्टमै जोडिएको तिनवटा एटिएम छ । नबिल, ग्लोबल र सनराइज ब्यांक । यो हिसाबले त्यहाँ निकै मानिसहरुको आवतजावत हुन्छ । सरकारले तुरुन्तै यो क्षेत्र सम्पूर्ण लकडाउन गरेर काँडाघारी-टाउनप्लानिङ्ग- पेप्सिकोला आसपास आशंका लागेका मानिसहरुको कोरोना चेक गर्न व्यवस्था गर्नुपर्छ ।म आफै पनि समाचार आउनु अगाडि त्यहिँ नविलको एटिएम गएर आएको हु । कृपया म लगायत सबैको कोरोना चेक गर्ने ब्यवस्था गरियोस । काँडाघारी-टाउनप्लानिङ्ग-पेप्सिकोला आसपास बस्ने हामीहरुले यो चेकको लागि माग गरौ । कृपया यो पोस्ट शेयर गरी सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्नुहोला ।’ सौरभ कार्कीले लेखेका छन्’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्