×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतमा कोरोनाको परीक्षण सुरु, डा. रामकृष्ण श्रेष्ठ विशेषज्ञका रुपमा खटिने

अर्थ सरोकार

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार

PRIME CA

सुर्खेतमा कोरोनाको परीक्षण सुरु, डा. रामकृष्ण श्रेष्ठ विशेषज्ञका रुपमा खटिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै बिहिबार आज देखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो ।
प्रदेश अस्पतालका निर्देशक डा .डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी परीक्षण गरिने बताए । ‘मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौँ, आजदेखि थ्रोट स्वाबको परीक्षण शुरु हुँदैछ’, उनले भने, ‘प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि कोरोनाको परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ । विशेषज्ञ डा श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनेछन् । यसअघि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । सुर्खेतमै कोरोनाको परीक्षण हुने भएपछि रिर्पोट छिटो आउने अपेक्षा गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: