×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ सङ्क्रमित भेटिएको भुल्केमा कोरोना जाँच गर्न उपकरण कै अभाव

LAXMI SUNRISE BANK

२४ सङ्क्रमित भेटिएको भुल्केमा कोरोना जाँच गर्न उपकरण कै अभाव

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रासस 
उदयपुर – तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या रहेको हो । स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दबाब भए पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको पनि स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुवेदी बताउँछन् । अहिले भुल्केवासी र गाईघाट बजारवासीले दिनानुदिन कोरोनाको सङ्क्रमण स्थानीयवासीमा देखिने र पुष्टि हुँदै गएपछि छिटोभन्दा छिटो सबै अन्य स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्नुपर्ने माग गरेका छन् ।
भुल्केमा अहिले कोरोना सङ्क्रमित भएका २४ मध्ये १० जना सोही स्थानका स्थानीय बासिन्दा रहेको र धेरै भुल्केका कोरेना सङ्क्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने गरेको गाईघाट वडा नं १२ का वडाध्यक्ष जयविक्रम राई बताउँछन् । अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको र आफूहरुको माग रहेको गाईघाटका स्थानीयवासी बताउँछन् ।
यता, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको बताए । उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने कारण पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कोरोना जाँच र स्वाब नमूना सङ्कलन गर्ने उपकरण र सामग्री अभाव रहेको उनले बताए । 
गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो । यस्तै बिराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मङ्गलबार बिहान भुल्केका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार बेलुकी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी