×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापामा दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

झापामा दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

Artha Sarokar

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस
काठमाडौं । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।
उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ ।
बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ ।
प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी