- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको हो ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको हो । कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ । कोरोना संक्रमित बस्ने ब्लक ‘ए’ मा आज बुधबार २४२ जनाको परीक्षण गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ जसमा १ जना भने निको भईसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्