
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परिक्षण सुरु भएको छ । पेप्सीकोलास्थित उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा मंगलबार कोरोना ‘पोजेटिभ’ भएको पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने सबैको कोरोना परिक्षण सुरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी दिएको छ ।
उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारमा ३ जना २८ दिन बेलायतबाट आएका थिए । जसमा ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउँन बाँकी छ । बेलायतबाट आएका उनीहरुमा सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा परिवारका तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । एक जना भने निको भएर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्