×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं २ मा १५९ को परीक्षण : ११३ को नतिजा ‘नेगेटिभ’, ४६ को रिपोर्ट आउँदै…

PRIME CA

प्रदेश नं २ मा १५९ को परीक्षण : ११३ को नतिजा ‘नेगेटिभ’, ४६ को रिपोर्ट आउँदै…

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बिरगंज – प्रदेश नं २ मा १५९ जनाको कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएको छ । जसमा ११३ को नतिजा ‘नेगेटिभ’ आएको छ ४६ को रिपोर्ट आउँन बाँकी छ । आउँदै..भने  । प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिए । 
उक्त प्रदेशमा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (शैया) तीन हजार २३६ रहेका सचिव घिमिरेले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ । 
भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: