- अर्थ सरोकार सम्बाददाता
काठमाडौै । कोरोना संक्रमितको संख्या बढेसगै सोमबार (आज ) थप ३ स्थानबाट कोरोना परीक्षण सुरु भएको छ । धुलिखेल, भक्तपुर र भैरहवामा रियल टाईम पिसिआर मेसिनबाट परीक्षण सुरु गरेको हो । यससँगै देशभर १० वटा स्थानमा कोरोना परीक्षण भईरहेको छ ।
सोमबार साँझसम्म देशभर कुल १६ सय ९७ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसमा ९ जना बाहेक सबैको नमुना नतिजा नेगेटिभ रहेको उनले बताए ।
यस्तै काठमाडौंमा १२ जना आईसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना आईसोलेसनमा रहेका छन् । देशभर हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।