चितवन – कोरोना भाइरसको परीक्षण अव चितवनबाट पनि सुरु हुने भएको छ । शनिबारबाट भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोनाको परीक्षण सुरु हुन लागेको हो । उक्त प्रयोगशाला बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा सञ्चालनमा ल्याइने छ ।
भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने जानकारी दिइन् ।
हाल कोरोना भाइरसको परीक्षण काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका साथै धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि कोरोना भाइरसको परीक्षण हुँदै आएको छ । रुपन्देहीको बुटवलमा पनि परीक्षण सुरु गर्न प्रयोगशाला जडानको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्