- अर्थ सरोकार सम्बाददाता
सर्लाही – सर्लाहीमा एक १४ वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएको छ । सर्लाही ६५ जनालाई यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा एक १४ वर्षीय बालकमा पोजेटिभ देखिएको हो ।
शुक्रबार साँझ सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा एक १४ वर्षीय बालकलाई कोरोना पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।
प्रमुख जिल्ला अधिकारी जिसीका अनुसार कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । साथै, उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्