×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : मृत्यु हुनेको संख्या संख्या २ लाख नाघ्यो, ९ लाख २२ हजार संक्रमित निको भए

GLOBAL IME BANK
SHREE KESH

कोरोना अपडेट : मृत्यु हुनेको संख्या संख्या २ लाख नाघ्यो, ९ लाख २२ हजार संक्रमित निको भए

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ९ लाख २२ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५६ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख १० हजार ३ सय ५६ रहेको छ ।त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने अहिलेसम्म ९ सय ३९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: