
उदयपुर : उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ । शनिबार त्रियुगा नगपालिका-३ भुल्के आइपुगेका प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले त्यहाँ देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वासमा परे पनि अहिले त्यो गलत पुष्टि भएको बताए।
‘भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लिम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइ मस्जिदमा पनि १५ दिन रहेका देखिएको छु, उनले भने, ‘अन्यत्र पनि रहेका जमातीसँग नजिक पुगेका नागरिकको स्वाब नमूना जाँच गरेर रिपोर्ट हेर्दा रिपोर्ट नेगेटिभ आएको छ।’
अहिलेको कोरोना भुल्केमा जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लिम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरुबाट सरेको मन्त्री घिमिरेको जिकिर छ।
अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना कोरोना सङ्क्रमित भित्र रहेका र उनीहरु अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनले बताए। भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लिम युवाले मस्जिदमा प्रवेश गर्दा जमातीमा सारेको पनि मन्त्री घिमिरे बताए। भोजपुरमा कोरोना सङ्क्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका उनले बताए।
उनैले कोरोना लिएर आएको पुष्टि भएका कारण तथ्यका आधारबाट हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाती समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी गराए। -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्