
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आतबार दिउँसो ४ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६५४ रहेको छ।

यस्तै संक्रमण हुनेको संख्या पनि १८ लाख नजीक पुगेको छ । अहिलेसम्म विश्वभर १७ लाख ९० हजार ५५० जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख २ हजार ७०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १२ लाख ७१ हजार ३५६ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५ लाख १९ हजार १९४ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । शनिबार मात्रै त्यहाँ १ हजार ८३० जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्