×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : अमेरिकामा साढे ४७ हजारको मृत्यु, इटालीमा मृतकको संख्या २५ हजार नाघ्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना अपडेट : अमेरिकामा साढे ४७ हजारको मृत्यु, इटालीमा मृतकको संख्या २५ हजार नाघ्यो

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसबाट अमेरिकामा एकै दिन २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ । ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित छन् । अमेरिकामा एकै दिन ३० हजार नयाँ बिरामी थपिएका छन् । 
यस्तै विश्वभर विगत २४ घण्टामा ६ हजाार पाँच सय भन्दा बढीको ज्यान गएको छ । उक्त अवधिमा करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन् । इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ। 
यस्तै स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गएको छ भने २ लाख आठ हजार ३ सय ८९ संक्रमित छन् । फ्रासमा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ भने त्यहा संक्रमितको संख्या १ लाख ५९ हजार रहेको छ । बेलायतमा मृततको संख्या १८ हजार नाघेको छ भने १ लाख ३३ हजार भन्दा बढीमा संक्रमण छ । 
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २८३ छ। विश्वभर संक्रमितको संख्या २६ लाख ३९ हजार नाघेको छ भने ७ लाख २२ हजार बढी मानिस निको भएर घर फर्किएका छन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी