
काठमाडौँ – अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । ‘चिनियाँ सरकाले विश्वलाई कोभिड -१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन’ मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने।
‘त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ’ उनले थपे । मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुस्ख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ ।
अस्वीकार
चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ। मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्।
अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ। अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ।
कमजोरी लुकाउने प्रयास
अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्पले शुरूमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए । तर अमेरिकामा सङ्क्रमण र मृत्यु ह्वात्तै बढेर दबावमा आउपछि उनले चीनतर्फ औँला उठाएका थिए। यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूले बताएका छन्।
युनिभर्सिटी अफ शिकागोस्थित अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक टम गिन्बर्गले समाचार संस्था रोयटर्सलाई भने, ‘अमेरिकी सरकारको आफ्ना गल्तीलाई ढाकछोप गर्न धेरै राजनीतिक मानिसहरूले चीनतर्फ इङ्गित गरेको देखिरहेका छौँ।’ -बीबीसीबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्