
- अर्थ सरोकार सम्बाददाता
बागलुङ – बागलुङका २ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पैँसट्ठी वर्षीया सङ्क्रमित महिलालाई पुरानै दम र उच्च रक्तचापको औषधि दिइएको र नयाँ समस्या केही पनि नरहेको चिकित्सकहरुको भनाई छ ।
अर्की १९ वर्षकी युवतीमा पनि अहिले कुनै लक्षण देखिएको छैन । दुवै सङ्क्रमितले छिट्टै निको भएर घर फर्कने विश्वास लिएका छन् । युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि कोरोना भाइरसको रिपोर्ट भने ‘पोजेटिभ’ देखिएको छ । लगातार दुई पटकको परीक्षणमा ‘नेगेटिभ’ देखिएमा मात्र सङ्क्रमितलाई घर पठाइने चिकित्सिकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्